शिर्षक: दसैकाे मुखमा निर्माण व्यवसायीलाई असाेज मसान्तसम्मकाे सम्पूर्ण भुक्तानी गर्दै सरकार
लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको भुक्तानी दसैं अघि नै हुने अर्थमन्त्रालयले सार्वजनिक गरेकाे पत्रमा उल्लेख छ ।
आगामी आइतबारबाट दसैंको सार्वजनिक बिदा भएको कारण यस्तो भुक्तानी असाेज मसान्तसम्म काम गरेकाे करिब ६ अर्ब भुक्तानी भोलि (शुक्रबार) सम्म हुने अर्थमन्त्रालय स्राेतले बताएको छ |
अर्थ मन्त्रालयकाे बजेट तथा कार्यक्रम महाशाखाले भुक्तानी दिने सम्बन्धमा गरेकाे पत्रमा उल्लेख भएअनुसार सडक तथा पुल निर्माण, रेल तथा हवाई मैदान, तटबन्ध तथा बाँध निर्माण, सिंचाई संरचना, खानेपानि संरचना, सार्वजनिक भवन निर्माण लगायत विभिन्न शिर्षकमा भएकाे भाैतिक प्रगति बमाेजिम विल भुक्तानी भई स्वीकृत भएकाे असाेज मसान्तसम्मकाे सम्पूर्ण भुक्तानी गर्ने महालेखा नियन्त्रक कार्यलयले सार्वजनिक गरेकाे पत्रमा उल्लेख छ |
गत आर्थिक वर्ष २०७९/८० मा काम सकेर बिल बुझाएको ६ अर्ब रूपैयाँ नपाएका निर्माण व्यवसायीले केही समय निरन्तर सडक अान्दाेलन र धर्ना समेत सरकारलाई दिएपनि दसैंकाे मुखमा समेत उनिहरूले गत वर्षकाे रकम पनि नपाउँदा उनिहरूमा निरासा छाएकाे | व्यवसायीकाे लागि भुक्तानि गर्ने अावश्यम निर्णय अर्थमन्त्रालयले गरेर निकासी फुकुवाको लागि परिपत्र गरिएको छ ।
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेको र निकासीको लागि परिपत्र जारी गरिएको अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले बताएसंगै दसैंकाे मुखमा व्यवसायीमन अाशा पलाएकाे छ |
अान्दाेलनरत निर्माण व्यवसायीलाई पटक पटक रकम तुरून्तै भुक्तानी गर्ने प्रतिबद्धता अर्थमन्त्री प्रकाशशरण महतले पटक पटक व्यक्त गरेपनि बाेलिमा मात्र सिमित भएकाे छ | हालै महतले भुक्तानी दसैंअघि नै उपलब्ध गराउने प्रतिवद्धता जनाएकाे केही दिनमा त्यसपछि पनि प्रक्रिया नचालिएको भन्दै निर्माण व्यवसायीहरू भने असन्तुष्ट थिए।
सरकारले नै भुक्तानी रोकेपछि सरकार प्रतिको विश्वास गुमेको र बजारको चक्रमा नै प्रभाव परेको भन्दै विज्ञहरूले समेत छिटो भुक्तानी गर्न सरकारलाई सुझाएका छन् । यसर्थ व्यवसायी भने दसैंकाे विदा भैसकेकाे भन्दै पत्र सार्वजनिक भए पनि ढुक्क भएका छैनन् | करिब ५० अर्ब भुक्तानी बुझन बाँकी रहेकाे व्यवसायीले बताउँदै अाएका छन् | सम्पूर्ण भक्तानी सरकारले कसरी गर्छ भन्नेमा सरकार अाफै अन्याेलमा छ |