Home » विजया दशमीकाे दिन माैसम सफा रहने, दसैं विशेष बुलेटिन जारी गर्दै महाशाखा

विजया दशमीकाे दिन माैसम सफा रहने, दसैं विशेष बुलेटिन जारी गर्दै महाशाखा

by newnagarikdiary
0 comment

शीर्षक: विजया दशमीकाे दिन माैसम सफा रहने, दसैं विशेष बुलेटिन जारी गर्दै महाशाखा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको विजया दशमीमा मौसम सामान्यतया सफा रहने छ ।

माैसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार दसैँमा मौसम सफा रहने छ । “देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने छ ।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

Related Articles

Leave a Comment