शिर्षक: सुवास नेम्वाङको निधनमा सार्वजनिक शोक विदा दिने सरकारको निर्णय
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले बुधबार सार्वजनिक शोक विदा दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मनत्रीपरिषद बैठकले नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।