शिर्षक: १७ विलियन डलर नेपाली निर्माण उद्दयोगलाई आवश्यक छ ४ विलियन पनि सरकारसंग छैन
महासंघका सल्लाहकार तथा नेपाल उद्योग परिसंघ (सिएनआइ)का उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारकै कारण पुँजीगत खर्च नभएको बताएका छन् ।
निर्माण व्यवसायी महासंघका सल्लाहकार तथा ईफाप्काका महासचिव समेत रहेका विरेन्द्रराज पाण्डेले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुँजिगत खर्च नबढाएसम्म असम्भव रहेको बताए । ‘अहिले खर्च गर्नुपर्ने रकममा ठुलो गिरावट आएको छ, पुँजीगत खर्च बढाउनु पर्नेमा पछिल्ला वर्षहरूमा घट्दो छ, डिमान्ड पनि छैन, अर्थतन्त्र चलायमान नहुँदा आर्थिक गतिविधि शिथिल भए’, उनले भने ।
पाण्डेले छिमेकी मुलुकको तुलनामा २० देखी २६ प्रतिशत ज्यालादर महंगो पर्ने भन्दै समृद्ध मुलुक निर्माँणको लागि आन्तरिक क्षमता बढाउनुपर्ने बताए । उनले पहिला भन्दा निर्माणको लगानी र माग २३ प्रतिशतले घटेको हुँदा निर्माणमा भएको लगानी सिधै तल्लो तहसम्म पुग्ने हुँदा यो व्यवसायलाई सरकारले संरक्षण गर्न जुनसुकै कदम चाल्नुपर्ने बताए । उनले १७ बिलियन डलर नेपालको निर्माण उद्दयोगलाई आवश्यक पर्ने तर हाल ३/४ विलियनमा काम चलेको भन्दै यसले समृद्धिको लक्ष्य भेटाउन नसकिने बताए ।