शिर्षक: सेना कटौतीको निर्थक बहस सिर्जना गर्न खोजिएकोमा राप्रपाको ध्यानाकर्षण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाको विषयमा अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा ध्यानाकर्षण जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार विज्ञप्ति जारी गर्दै योजनाबद्धरुपमा स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने बहस दुर्भाग्यपूर्ण भएको लिङदेनले बताएका छन् ।
जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहसकेन्द्रित गरिनु हुँदैन,’ सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न सबैको साझा प्रतिबद्धताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिक आह्वान गर्दछ,’ राप्रपाले भनेको छ ।