शिर्षक: सेयर कारोबार (नेप्से परिसूचक) दोहोरो अंकले उकालो
सेयर कारोबार (नेप्से परिसूचक) दोहोरो अंकले उकालो लागेको छ।
साताको चौथो दिन बुधबार नेप्से परिसूचक ११ .१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको छ ।
यसदिन २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भयो । आज ५१ हजार ४४५ पटक सेयर कारोबार भयो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक बढ्यो । ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ४.८३ प्रतिशतले बढ्यो। ७३ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घट्यो। १३ कम्पनीको मूल्य भने स्थिर रह्यो।