शिर्षक: (राष्ट्रिय ध्वजावाहक) ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एउटा जहाजले साेमवार बेलुकीदेखि उडान भर्ने
राष्ट्रिय ध्वजावाहक (नेपाल एअरलाइन्स) को ग्राउन्डेड भएका दुई थान न्यारोबडी जहाजमध्ये एउटा जहाजले साेमवार बेलुकीदेखि उडान भर्ने भएको छ ।
निगमका अनुसार एन–एकेडब्ल्यू जहाज मर्मतपछि नियमित उडानमा जाने भएको हो । जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । अर्को न्यारोबडी एन–एकेएक्स जहाजको पनि बायाँ इन्जिनमा समस्या देखिएको छ ।
जहाजमा चरा ठोकिँदा इन्जिनमा आएको खराबीका कारण निगमको दुवै न्यारोबडी जहाज ग्राउन्डेड भएका थिए ।
त्यसैगरी अर्को जहाज चाँडै इन्जिन मर्मत गराउने प्रक्रिया अघि बढाउने निगमले बताएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी चार वटा जहाज छन् ।