शिर्षक: काठमाडौंको मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म राप्रपाको धार्मिक यात्रा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउने संक्रान्तिको अवसरमा धार्मिक यात्रा गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दू राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् ।
उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने, शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दू राष्ट्र पुनः स्थापना आफूले चाहेको बताए ।
सोमबार दिउँसो काठमाडौंको मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म भएको पदयात्रामा राप्रपाका शीर्ष नेता र कार्यकर्ता सहभागी थिए ।