Home » साउनको पहिलो सोमबार,पशुपतिमा बिशेष पुजाको व्यवस्था

साउनको पहिलो सोमबार,पशुपतिमा बिशेष पुजाको व्यवस्था

by newnagarikdiary
0 comment

शिर्षक: साउनको पहिलो सोमबार,पशुपतिमा बिशेष पुजाको व्यवस्था

साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन ।

पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकाश कोषले बताएको छ ।

साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्छ । आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । धेरैजसोले साधारण तरिकाले लाइनमा बसेर पशुपतिको पूजा गरे पनि विशेष पूजा गर्नेहरुका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।

काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।

Related Articles

Leave a Comment