शिर्षक: नौ घण्टापछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा
नौ घण्टापछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ ।
आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको हो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।
अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न प्रहरीको अनुरोध छ ।
यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सडकमा बारम्बार झर्ने पहिरोले देशका अधिकांश भुभागबाट काठमाडौं यात्रा गर्ने यात्रु मर्कामा पर्ने गरेका छन् ।