Home » अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेशले नै गर्छ –डा. महत

अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेशले नै गर्छ –डा. महत

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनापवपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने बताएका छन् ।

मंगलबार बिहान हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले अब बन्ने सरकार फेरि पनि शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने दाबी गरेका हुन् । उहाले स्थिरता दिने नेतृत्व भनेकै नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन रहेको भन्दै हालपनि आफुहरु संग बहुमत नरहेको तर शेरबहादुरजीले सबैलाई मिलाएर लैजानुभएको बताएका हुन् । थोरै बोल्ने तर खुरुखुरु आफ्नो काम गर्ने खालको नेता भएको भन्दै उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको प्रशंसा सकेत गरेका थिए ।

४० प्रतिशत सिट समानुपातिक मतका आधारमा निर्वाचित हुने व्यवस्था भएकोले गर्दा कुनै दलले बहुमत ल्याउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको महतले बताए । पार्टीहरुबिचमा लय मिलेको, एउटै लक्ष्यका लागि एकै ठाउँमा उभिएका भएकाले गठबन्धन गर्नु उपयुक्त देखेर अहिलेको गठबन्धन बनेको उनले स्पष्ट पारे । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिले आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा सहभागि हुन महत सोमबार बेलुका हेटौंडा आइपुगेका थिए ।

Related Articles

Leave a Comment