Home » यी ४ प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने

यी ४ प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने

by newnagarikdiary
0 comment

शिर्षक: आज कोशी,बागमती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षा हुने

आज कोशी,बागमती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षा हुने मौसम विज्ञानको पूर्वानुमान छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । हाल झापामा भारी वर्षा भएको छ । महाशाखाका अनुसार झापाका दमक,उर्लाबारी,शनिश्चरे र चन्द्रगढी भारी वर्षा भएको हो ।

महाशाखाले सूचना जारी गर्दै पछिल्लो तीन घण्टायता भारी वर्षा भएको उल्लेख गरेको छ । वर्षाका कारण बिरिङ, रतुवा लगायत खोलामा बाढी आउन सक्ने जोखिम भएकाले आज बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महा-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती गण्डकी प्रदेशका केही स्थान साथै देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले बताएको छ ।

https://docs.google.com/spreadsheets/u/0/d/e/2PACX-1vS0rPBd5I7TW8o462sBzcqdDAkuBKcAhRGflUsz0NxunEf-uDc5Zo9e3L-lm0-sQwcwz0SSb70udmP0/pubhtml?widget=true&headers=false&pli=1

Related Articles

Leave a Comment