Home » सडक डिभिजन लहानका लेखा अधिकृतले बिल भुक्तानी दिंदा १ लाख घुस लिएको पुष्टी

सडक डिभिजन लहानका लेखा अधिकृतले बिल भुक्तानी दिंदा १ लाख घुस लिएको पुष्टी

by newnagarikdiary
0 comment

शिर्षक: सडक डिभिजन लहानका लेखा अधिकृत बिल भुक्तानी दिंदा १ लाख घुस सहित पक्राउ

सडक डिभिजन सिरहाका लेखा अधिकृतले १ लाख घुस लिएको खुलेको छ ।

सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलले सडक
निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने
सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट
खटिई गएको टोलीले निज लेखा अधिकृत पद्म विनोद पोखरेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख
रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०/०३/२६ गते नियन्त्रणमा लिएको थियो ।

अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु.१,००,०००।- घुस/रिसवत माग गरी लिएको पुष्टि भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो
एक लाख रुपैयाँ कायम गरीएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

Related Articles

Leave a Comment