नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको बताएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती भएको बताएको हो । महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ बताएका हुन् ।
महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् । जसमा १३२ जना पुरुष, १८ जना महिला पत्रकार र ६ वटा संञ्चार संस्था प्रभावित भएका छन् ।