Home » शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको नतिजा: ५ हजार ९६७ जना पास

शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको नतिजा: ५ हजार ९६७ जना पास

by newnagarikdiary
0 comment

शिर्षक: शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको नतिजा: ५ हजार ९६७ जना पास

लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

आयोगले यही असार १६ गते लिएको लिखित परीक्षाको नतिजा असार २६ गते बेलुका सार्वजनिक गरेको छ । आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका १५ हजार ९८४ जना परीक्षार्थीहरुमध्ये ५ हजार ९६७ जना पास भएका छन् ।

१० जना परीक्षार्थीको परीक्षा भने उत्तरपुस्तिकामा की उल्लेख नगरेकाले रद्द भएको आयोगले जनाएको छ ।

पहिलो चरणमा पास भएकाहरु साउन २५ गते हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । दोस्रो चरणको परीक्षामा छनोट भएकाहरुले साविककै प्रवेशपत्रबाट आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, र दिपायल कार्यालयहरुले तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुन पाउने छन् ।

Related Articles

Leave a Comment