Home » राप्रपाको पार्टी कार्यलय भत्काउने तयारीमा बालेन

राप्रपाको पार्टी कार्यलय भत्काउने तयारीमा बालेन

by newnagarikdiary
0 comment

शिर्षक: राप्रपाको पार्टी कार्यलय भत्काउने तयारीमा बालेन

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले राप्रपाको कार्यालय निर्माण अवैधानिक भएको र १३ असोज २०७९ मै कार्यालय हटाउन सूचना टाँसेको महानगरपालिकाले १२ साउनमा ३ दिन समय दिएर कार्यालय हटाउन भनेको थियो ।

राप्रपाको पार्टी कार्यालय भएको जग्गादेखि माथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) छ हाइटेन्सन लाइनमुनि संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ भने यस्ता ठाउँमा दुर्घटनाको जोखिम पनि हुन्छ ।

राप्रपाले सोमबार महानगरपालिकालाई चिठी लेखेर तत्काल हटाउन दबाब नदिन आग्रह गर्न खोजे पनि महानगरले तयारी थालेको छ ।

Related Articles

Leave a Comment