Home » यक्षध्वज कार्कीको सरकारलाई प्रश्न? साढे ४ सय निर्माण व्यवसायी कालोसूचिमा पर्दा कर्मचारी कसरी जोगिन्छन

यक्षध्वज कार्कीको सरकारलाई प्रश्न? साढे ४ सय निर्माण व्यवसायी कालोसूचिमा पर्दा कर्मचारी कसरी जोगिन्छन

by newnagarikdiary
0 comment

शिर्षक: यक्षध्वज कार्कीको सरकारलाई प्रश्न? साढे ४ सय निर्माण व्यवसायी कालोसूचिमा पर्दा कर्मचारी कसरी जोगिन्छन

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष एवम् सल्लाहकार यक्षध्वज कार्कीले हालसम्म ४ सय ५२ जना निर्माण व्यवसायीलाई कालोसूचिमा राख्दा सरकारी कर्मचारीलाई कुनै कार्बाही किन नभएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार यक्षध्वज कार्की पछिल्ला समय निर्माण व्यवसायीलाई सरकारले कालोसूचीमा राखेको भन्दै आक्रोस व्यक्त गरे ।

‘अहिले सरकारले ४५२ निर्माण व्यवसायी कालो सूचीमा छन्, निर्माण कम्पनीलाई कालोसूचीमा राखेर सरकारले ठेक्का लगाउने निकायलाई सामान्य सोधपुछसम्म गरेन’, उनले भने, ‘निर्माण सम्पन्न नहुनुमा व्यवसायीसँगै सम्बन्धित निकायको भूमिका बराबर हो ।’

उनले निर्माण व्यवसायी हुँदै सांसद भएका व्यक्तिहरुले संसदमा व्यवसायीको पक्षमा चु नबोलेको भन्दै त्यस्ता व्यवसायीबाटै व्यवसायमा राजनीति भएको बताए ।

उनले भने ‘निर्माण क्षेत्रबाट माननीय भएका व्यक्तिहरु धैरै छन्, उनीहरुले हाम्रो पक्षमा संसदमा एक शब्द समेत बोलेनन्’, उनले प्रश्न गर्दै भने, ‘हाम्रो पक्षमा एक शब्द समेत नबोल्ने माननियहरुलाई के आधारमा सल्लाहकार राख्ने ।’ अब त हाम्रो पिडाको विकल्प आन्दोलन छैन भन्दै उनले व्यवसायीलाई आनदोलनमा जुटन अनुरोध गरे ।

Related Articles

Leave a Comment