शिर्षक: मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट सर्बसम्मतीले संशोधनसहित पारित
प्रतिनिधिसभाबाट मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट सर्बसम्मतीले संशोधनसहित पारित गरेको छ ।
कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो ।
सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो । मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सो अध्यादेश जारी गरेका थिए ।
मिटरब्याजीलाई कानुनको दायरामा ल्याउने गरी ल्याइएको विधेयक २४ वैशाखमा संघीय संसदका दुवै सदनमा पेश भएको थियो। सो विधेयक ५ जेठमा स्वीकृत भएको थियो। निष्क्रिय भए पनि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको विधेयक अघि बढाउन सत्तारुढ दलहरूबीच शनिबार सहमति जुटेको थियो ।