Home » महानवमी,दुर्गाभवानीका नौ वटै स्वरुपको पुजा गरि,काम, क्राेध, लाेभ,माेह काे बली चढाउने दिन-पशुकाे हाेईन

महानवमी,दुर्गाभवानीका नौ वटै स्वरुपको पुजा गरि,काम, क्राेध, लाेभ,माेह काे बली चढाउने दिन-पशुकाे हाेईन

by newnagarikdiary
0 comment

महानवमी,दुर्गाभवानीका नौ वटै स्वरुपको पुजा गरि,काम, क्राेध, लाेभ,माेह काे बली चढाउने दिन पशुकाे हाेईन

आज दशैंको नवौ दिन महानवमीको अवसरमा नवदुर्गा भवानीको पूजा आराधना गरि मनाउने गरिन्छ ।

बडादशैंको नवौं दिन अर्थात आश्विन शुक्ल महानवमीमा शक्तिस्वरुपमा दुर्गाभवानीका नौ वटै स्वरुपको पुजा गरि शक्तिपिठहरुमा सुरक्षा सतर्कता अपनाई दुर्गा भवानीको पूजाआजा गरी महानवमी मनाइँदैछ । आजै घटस्थापनाको दिनमा राखिएको जमरा शक्तिपीठमा लगी चढाउने गरिन्छ । दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना यस दिन गरिन्छ ।

यस दिन हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने गरिन्छ । संक्रमणको त्रासका कारण २ वर्ष महानवमीको दिन मात्र खुल्ला हुने काठमाण्डौको तलेजु मन्दिर बन्द भएको थियो । अधिकांश ठाउँमा महाष्टमीको दिन दसैंघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

यस दिन बलि नदिनेहरु कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललाई बलिको रुपमा चढाउने गर्दछन् । यसैगरी आज नै सवारी साधन, मेसिन्, हतियार लगायतको पूजा गरि महनवमी बनाउने गरिन्छ । दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

Related Articles

Leave a Comment