Home » भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा

भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा

by newnagarikdiary
0 comment

शिर्षक: भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा

आज पनि पहाडी भू-भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

हाल नेपालमा भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू- भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Related Articles

Leave a Comment