शिर्षक: भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरको डोजर
काठमाडौं महानगरले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरको डोजर चलाएको छ ।
सरकारी जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगरले खाली गराउन लागेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् । महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो । पूर्वसूचना अनुसार नै प्रहरीले भवन खाली गराउन लागेको हो ।
भद्रकुमारी घले सेवा सदनमा आश्रय लिएका अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा व्यवस्थापन गरिएको पाण्डेले जानकारी दिए।
सदनले झण्डै ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पुस्तकालय, सहकारी संस्थालगायतका कार्य सञ्चालन गर्दै आएको थियो।