Home » बाटोमै रोकिए काठमाडौंको फोहोर बोकेका गाडी,सर्वौच्चको आदेश नरोक्नु

बाटोमै रोकिए काठमाडौंको फोहोर बोकेका गाडी,सर्वौच्चको आदेश नरोक्नु

by newnagarikdiary
0 comment

शिर्षक: बाटोमै रोकिए काठमाडौंको फोहोर बोकेका गाडी,सर्वौच्चको आदेश नरोक्नु

काठमाडौंबाट फोहर बोकेर बन्चरे जाने गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई एक हजार रुपैयाँ लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

फोहोर बोकेका गाडीलाई १५ सय रुपैयाँसम्म लिने गाउँपालिकाको निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले दिएको रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो ।

काठमाण्डौबाट फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जान भने सकेका छैनन् । नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीय बासिन्दाले भने आफ्ना माग सम्बोधन नभएसम्म फोहर लैजान नदिने अडान राखेका छन् ।

फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् ।

बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

गएको जेठ २६ गते शहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ ।

हाल काठमाडौंबाट दैनिक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बञ्चरेडाँडामा पुग्ने गरेको छ ।

Related Articles

Leave a Comment