Home » प्रधानन्यायाधीश श्रेष्ठ: उच्च र जिल्ला अदालतमा रिुक्त न्यायाधीश नियुक्तिका लागि बुधबारदेखि नै पहल थाल्छु

प्रधानन्यायाधीश श्रेष्ठ: उच्च र जिल्ला अदालतमा रिुक्त न्यायाधीश नियुक्तिका लागि बुधबारदेखि नै पहल थाल्छु

by newnagarikdiary
0 comment

शिर्षक: प्रधानन्यायाधीश श्रेष्ठ: उच्च र जिल्ला अदालतमा रिुक्त न्यायाधीश नियुक्तिका लागि बुधबारदेखि नै पहल थाल्छु

नवनियुक्त प्रधानन्यायाधीशले उच्च र जिल्ला अदालतमा रिुक्त न्यायाधीश नियुक्तिका लागि बुधबारदेखि नै पहल थाल्ने बताएका छन् ।

पदभार ग्रहणलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति आफ्नो प्राथमिकतामा रहेका बताएका हुन् । राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिई सर्वोच्च अदालतमा कार्यभार सम्हालेलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति आफ्नो प्राथमिकतामा रहेको बताए ।

त्यसैगरी प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक अदालत गठनका लागि पनि पहले गर्ने बताएका छन् । आफ्नो कार्ययोजनामै पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापनाको प्रस्ताव गर्ने उल्लेख गरेका श्रेष्ठले पारिवारिक अदालतको सम्बन्धमा गरिएको प्रस्ताव अहिले कानुन मन्त्रालयमा रहेको भन्दै सरकारबाट अनुमति प्राप्त भएलगत्तै फेमिली कोर्ट स्थापना गर्ने बताए । फेमिली कोर्ट स्थापना नहुँदाको समयमा पनि महिला तथा बालबालिका, यौन अपराधसँग सम्बनिधत घटना, फरक क्षमता भएका, असाहाय तथा वृद्धको लागि उपत्यकाका तीनै जिल्लाबाट डेडिकेटेड बेञ्च सुरु गर्ने घोषणा गरेका छन् ।

त्यस्तै प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनताको आस्था भएन भने न्यायको आश पनि मर्ने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रति जनआस्था जगाउने गरी काम गर्ने बताए ।

Related Articles

Leave a Comment