शिर्षक: “नाडा अटो सो २०२३” आयोजना हुँदै, अायाेजक भन्छन भृकुटीमण्डप साँघुराे भाे अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल अावश्यक
नाडा अटोमोबाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र २६ देखि ३१ गते सम्म “नाडा अटो सो २०२३” आयोजना हुने भएको छ ।
काठमाडौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीमा सवारी साधन, पाट पूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १४ औ संस्करण टाटा मोटर्स जेनुइन आगलद्वारा अायाेजना गरिने भएकाे हाे |
आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकताको वित्तीय योजनामा समेत असर गरेको छ। यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ ।
नेपाली महान चाड पर्वहरु नजिकिदै गरेकाे समयमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकबर्ग, गाडी प्रेमाहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ।
प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई आम सर्वसाधारणको जिविकोपार्जनकालागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पाट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाउ २२ वटा चाण्डका दुई पाङग्रे ७ वटा ब्राण्डका नाइट कमर्शियल मेडिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी पार्टपूजा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ । प्रदर्शनीलाई जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवा सुविधा दिने जस्तै वित्तिय लगायत सेवा आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरूका लागि पनि एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौको सुचना-कक्ष समेत प्रदर्शनीमा रहने छ ।
उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २-पाङग्रे ४ पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुको छुट्टाछुट्टै प्रदर्शनकाे व्यवस्था गरिने छ।
प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नकालागि काठमाण्डाै मल, सैनिक, कल्याणकारी भवन, यस पार्क भित्र टावर लगायतका सार्वजनिक पार्क स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सन्चालन गरिने छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड-भाड़ कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि नाडा २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा Khalti द्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।
६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रोसिको प्रायोजनमा नाडाले Yadea E8S Pro Electric Scooter टिकटको लक्की गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ ।
अायाेजकले भृकुटीमण्डपमा स्थानकाे अभावलभएकाे हुनाले यसकाे विकल्प खाेज्नु पर्ने भन्दै सरकारलाई उपयुक्त स्थानकाे व्यवस्था गरिदिन सरकारलाई अाग्रह गरेकाे छ |