शिर्षक: धादिङको गल्छीमा यात्रुवाहक बस दुर्घटना: १ बच्चाको मृत्यु केही यात्रु घाईते
काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
बसमा ३० जना यात्रुहरु सवार थिए तीमध्ये केही घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको छ ।
बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ ।