शिर्षक: दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
दाङको दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो ।