Home » दसैंले गाउँ बाक्लिंदै, एकैदिन १ लाख यात्रुले काठमाडौं उपत्यका छाेडे

दसैंले गाउँ बाक्लिंदै, एकैदिन १ लाख यात्रुले काठमाडौं उपत्यका छाेडे

by newnagarikdiary
0 comment

शिर्षक: दसैंले गाउँ बाक्लिंदै, एकैदिन १ लाख यात्रुले काठमाडौं उपत्यका छाेडे

दसैं नजिकिएसंगै उपत्यका छाेडनेकाे संख्या बढेकाे छ |

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकाबाट ९१ हजार एक सय दुई जना यात्रु बाहिरिएका छन् । यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको महाशाखाले जनाएको छ ।

यस्तै, अस्तिदेखि हिजो बिहानसम्म झण्डै ७४ हजार जना गाउँ घर फर्किएका छन् । यो अवधिमा ४४ हजार यात्रु उपत्यका आएका थिए ।

घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाख जना गाउँ घर फर्किएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ । स्कुल कलेज बिदा भएसँगै गाउँ घर फर्किनेको संख्या बढिरहेको छ ।

खासगरी कलंकी, बल्खु र कोटेश्वरमा गाडी र यात्रुको चाप बढेको छ । गाडीमा सीट नपाउने समस्या यसपालि पनि दोहोरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बसको अग्रिम टिकट बुकिङ खुला गरेर यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको दाबी गरिरहे पनि त्यसो हुन सकिरहेको छैन ।

अग्रिम टिकट पाउन समेत यात्रुलाई सास्ती छ । यस्तै, दशैँ शुरु भएसँगै गाउँघरमा पनि चहलपहल बढेको छ । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु घर फर्किएसँगै चहलपहल बढेको हो ।

Related Articles

Leave a Comment