शिर्षक: डा भण्डारी: लाजमर्दौ केन्द्रिय समिति बैठक, जनता र देशको त कुरै अटाएन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।
भण्डारीले भने सिमित व्यक्तिको घर,गाडि र सुविधाको लागि प्रजातन्त्र अाएको होईन, आजको चुनौती नै सिमित दलालहरु पोसिएका छन यसलाई चिर्नुपर्छ
डा भण्डारीले कांग्रेसको केन्द्रिय समिति बैठकमा जनताका अाधारभूत आवश्यक्ता, परराष्ट्र नीति, राष्ट्रिय समस्या युवा पलायनकाे संख्या बढ्दै गएकाे सन्दर्भमा केन्द्रित हुनुको साटो केन्द्रिय समिति आरोप प्रत्याराेपमा सिमित हुन दुखद रहेको बताए ।
उनले भने किसानले मल पाएको छैन, विउकै अभाव हुन्छ भोली,भारतले चामलमा प्रतिबन्ध लगाएको बेला हामीले के खाने भन्ने आधारभुत कुरा सोच्नु छैन भर्खर महामन्त्री भएका गगन र विश्वमाथी खनिएका छन् सबै उनले भने”
भण्डारीले महामन्त्रीलाईद्धयलाई एक्लै हिडेर गन्तव्यमा नपुगिने पार्टी सभापतिसंग संगै बसेर छलफल गर्नुपर्ने सुझाएका छन् । अहिलेसम्म तपाईहरुसँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोईराला होस् । हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ । त्यसकारण म सुझाव दिन चाहन्छु तपाईहरुले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ ।
उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए ।
‘बिपी कोईराला त एक्लै पुग्न सक्नुभएन । जोसँग सबैकुरा थियो । मैले आज युवा तरुण साथीहरुलाई आग्रह गरेँ, भन्नुस् शेरबहादुरजीलाई यत्रो केन्द्रीय समिति बन्यो, सदस्यहरु बने आफ्नै कनिकाहरुको बारेमा लौन फलानालाई राख्नुपर्छ भन्न नसक्नेहरुले भोलि अरुको प्रतिनिधित्व गर्न सक्दैनँ । भाषण गरेर हुँदैन । उत्तर दिएर हुँदैन । अब त प्रश्न गर्न जान्नुपर्छ । यो जमाना आयो ।’ उनले भने ।