Home » घरपालुवा कुकुरलाई सडकमा दिसापिसाब गराउनेमाथि कारबाहीको माग

घरपालुवा कुकुरलाई सडकमा दिसापिसाब गराउनेमाथि कारबाहीको माग

by newnagarikdiary
0 comment

शिर्षक: घरपालुवा कुकुरलाई सडकमा दिसापिसाब गराउनेमाथि कारबाहीको माग

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा घरपालुवा कुकुरलाई सडकमा दिसापिसाब गराउनेमाथि कारबाही गर्न आवाज उठेको छ ।

महानगरको ‘कुकुरको व्यवस्थापन सम्बन्धी कार्यविधि’माथिको छलफलमा भाग लिँदा वडाध्यक्ष मुकुन्द रिजालले यस्तो कार्यमा कतिपय भीआईपी भनिने मान्छेहरुनै सक्रिय रहेको भन्दै यसबारे महानगरको ध्यान जानुपर्नेमा जोड दिए ।

महानगरले टोली परिचालन गरेर जरिवाना गर्न थाले यस्तो कार्य रोकिने उनको भनाइ थियो ।

बिहीबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको उक्त बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सगत, वातावरण समिति, विधायन समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, पूर्वाधार समितिका संयोजक मुकुन्द रिजाल र वित्त समितिका संयोजक ईश्वरमान डंगोलले आफ्ना समितिअन्तर्गतका प्रस्ताव पेस गरेको महानगरपालिकाले जनाएको छ ।

Related Articles

Leave a Comment