शिर्षक: गुल्मी तम्घासमा खाद्य संस्थान पुन स्थापना: खाद्य सामग्रीमा सहज आपूर्ती र बजारीकरणको सुनिश्चितता !
गुल्मी सदरमुकाम तम्घासमा खाद्य संस्थान नेपालको शाखा कार्यालय पुनः स्थापना गरिने भएको छ ।
रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीका अनुसार शाखा कार्यालयको पुनः स्थापनासँगै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको बलेटक्सार, छत्रकोट गाउँपालिकाको दौघा, मदाने गाउँपालिकाको बाँझकटेरी र मालिका गाउँपालिकाको अर्खाबाङ्गमा समेत डिपो स्थापना गरी गुल्मीबासी आम जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति गर्न यो शाखा सहयोगी हुनेछ भने जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितताका लागि पनि व्यवस्था मिलाईनेछ ।
नगरप्रमुख पन्थीका अनुसार ‘गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुन: स्थापना गर्ने सम्झौंता गरेका छौँ । अब जिल्लाको रुरु गाँउपालिकाको बलेटक्सार, छत्रकोट गाँउपालिकाको दौघा, मदाने गाँउपालिकाको बाँझकटेरी र मालिका गाँउपालिकाको अर्खाबाङ्गमा डिपो स्थापना गरि गुल्मी बासि आम जनतालाई सहज र शुलभ तरिकाले खाद्य सामाग्रीको आपुर्ति हुनेछ । साथै जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितताका लागि कम्पनीको तम्घास शाखा लगायत माथी उल्लेखित जिल्लाका सबै डिपोहरुबाट व्यवस्थापन हुने गरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसंग सम्झौता गरि प्रकृया अगाडी बढाएका छौँ ।’