विश्वकीर्तिमानी सगरमाथा आरोही कल्पनाले थालिन महालक्ष्मी नगरपालिकामा बालविवाह विरुद्ध अभियान ।
आरोही कल्पना महर्जनले दोस्रोपटक ललितपुर महानगरपालिका स्थापना भएको १००औ वर्षगाँठ र संस्कृतिविद्ध वाड.मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको पनि १०० वर्ष पुगेको उपलक्ष्यमा कल्पना महर्जनले तिब्बतबाट सफलता पूर्ण आरोहण गर्ने समयमा सगरमाथाको शिखरबाट उद्घोष गरेको शिक्षाको माध्यमले बाल बिवाह रोकथाम अभियानलाई निरन्तर दिने क्रममा महालक्ष्मी नगरपालिका भित्रका १५ ओटा सरकारी विद्याालयका प्रध्यानाध्यापकहरुसँग छलफल गरेर यो अभियानको थालनी गरेको हो ।
यस अभियानको लागि महालक्ष्मी नगरपालिकाको प्रमुख शिक्षा अधिकृत चिरिञ्जीवी पौडेलको विशषे भूमिका निभाउनु भएको छ । राजधानी सँगै जोडिएको महालक्ष्मी नगरपालिकाको दुर्गम क्षेत्रहरुमा पनि बाल विवाह भइरहेको हुँदा यस अभियानलाई यहाँ पनि सुरुवात गरेको बताउँदै बालबिवास रोकथाम अभियानका अभियन्ता कल्पना महर्जनले यस अभियानमा नगरपालिका भित्रका सम्पूर्ण ब्यक्तिहरुमा आग्रह गरिन । साथै अभियानका लागि आर्थिक, भौतिक, नैतिक सहयोगको लागि पनि आग्रह गरिन ।