शिर्षक: आयोजनालाई क्यान्सर लाग्यो/सरकारले व्यवसायीलाई नयाँ जोस दिए समृद्धिमा जुटन आतुर छौं बिष्णु भाई श्रेष्ठ
नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष विष्णु भाई श्रेष्ठले नेपालका निर्माण आयोजनालाई क्यान्सर लागेको बताएका छन् ।
निर्माण व्यवसायी महासंघको काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपालका निर्माण आयोजना म्याद थप्दा थप्दा क्यान्सर रोग लागेजस्तै भएको बताएका छन् । उनले २०७१ यता भएका राजनीतिक घटना, प्राकृतिक विपत्ति तथा २०७६ देखी २०८० सम्मको कोभिड महामारीका कारण आयोजना वेवारिसे भएको बताए । उनले यस्ता वेवारिसे र निको हुन नसक्ने स्थितिका निर्माण आयोजनामा सरकारले विना शर्त दिन सक्ने जति क्षतीपूर्ती दिएरै भएपनि ठोस निष्कर्ष निकालेर आयोजनालाई गतिशिल बनाउनुपर्ने बताएका छन् ।
उनले सरकारले निर्माण व्यवसायीलाई नयाँ जोस जाँगरका साथ काम गर्ने माहोल बनाए आफूहरु देश निर्माण र समृद्धिमा एकजुट भएर लाग्ने बताए ।