Home » आन्दोलीत व्यवसायी,दोश्रो चरणमा/ अब सेफ्टी हेलमेट र कालो पट्टी सहित संसद भवनतिर

आन्दोलीत व्यवसायी,दोश्रो चरणमा/ अब सेफ्टी हेलमेट र कालो पट्टी सहित संसद भवनतिर

by newnagarikdiary
0 comment

शिर्षक: आन्दोलीत व्यवसायी,दोश्रो चरणमा/ अब सेफ्टी हेलमेट र कालो पट्टी सहित संसद भवनतिर

नेपाल निर्माण व्यवसायी महासंघले सोमबारदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आन्दाेलनका थप कार्यक्रम घाेषणा गरेकाे छ ।

साउन दोश्रो हफ्ता १४ गतेदेखी चरणबद्ध आन्दोलन सुरु गरेका व्यवसायीले पहिलो चरणको ६ आन्दोलन सकिएसँगै महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो र तेस्रो चरणको आन्दोलनको कार्यक्रम घाेषणा गरेकाे हाे ।

सरकारले आफूहरुका माग सम्बाेधन नगरेकाले आन्दाेलनका थप कार्यक्रम घाेषणा गर्नुपरेकाे महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न हुँदा समेत आफूहरुका माग सम्बोधन नभएकाले दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरिएको दाहालले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार दोस्रो र तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । निर्माण कार्य सम्पन्न गरे पनि सरकारले भुक्तानी नदिँदा व्यवसायीहरू आन्दोलनमा छन् ।

२६ गते शुक्रबारसम्म जारी रहने दोस्रो चरणका आन्दोलनमा सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर दैनिक महासंघको कार्यालयदेखि संसद् भवनसम्म सिठ्ठी जुलुस गरी संसद् भवनअगाडि कोणसभा गर्ने तथा त्यहाँबाट माइतीघर मण्डला, बबरमहल हुँदै हनुमानस्थानसम्म सिठ्ठी जुलुससहित धर्ना दिने महासंघको घोषणा छ ।

दोस्रो चरणमा पनि माग पूरा नभए तेस्रो चरणको आन्दोलन थाल्ने महासंघको चेतावनी छ । महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम पनि आजै सार्वजनिक गरेको छ । जसमा अत्यावश्यक बाहेकका सबै निर्माण कार्य अनिश्चितकालका लागि ठप्प पार्ने लगायत कार्यक्रम छन् ।

महासंघले अत्यावश्यकबाहेकका सबै निर्माण कार्य अनिश्चितकालसम्म बन्द गर्ने गरी साउन २८ देखि तेस्रो चरणको आन्दोलन गर्ने जनाएको छ। त्यसैगरी, विकासे विभागहरूमा बिहान १० देखि ११ बजेसम्म धर्ना र तालाबन्दी गर्ने, थानकोट र साँगामा दैनिक एक घण्टा सडक चक्काजाम गरी नाकाबन्द गर्ने महासंघको चेतावनी छ।

Related Articles

Leave a Comment