जेठ २४ पोखरा । हालै सम्पन्न स्थानीय तहको निर्वाचनपछि निर्वाचित पोखरा महानगरपालिका वडा नम्वर १ का जनप्रतिनिधिहरुलाई स्थानीय अभियान महिला समुहले स्वागत गरेको छ भने निर्वतमान भएकाहरुलाई बिदाई गरेको छ ।
स्थानीय समाजसेवी माधवप्रसाद पराजुलीले व्यानरमा हस्ताक्षर गरि उद्घाटन गरेको कार्यक्रममा पोखरा १ सिम्पानी, लामपाटा स्थित समुहकी अध्यक्ष राधादेवी पराजुली र समुहकी जेष्ठ सदस्य अम्विका त्रिपाठीले नयाँ जनप्रतिनिधिहरुलाई फुल, अविर र खादा लगाएर स्वागत तथा निवर्तमानलाई दोसल्ला तथा सल ओढाएर बिधाई गरेकी थिईन ।
निर्वाचनमार्फत वडाको अध्यक्षमा सहारा प्रधान सगै सदस्यहरुमा शोभा गुरुङ, रामजी पौडेल, जुकमाया दमाई र जुम काजी गुरुङ निर्वाचित भएका थिए ।
समुहको स्वागतपछि आफनो भनाई राख्दै अध्यक्ष प्रधानले वडामा यस अघि सुरु गरिएका तर पुरा हुन नसकेका अपुरा कामलाई पुरा गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताए । प्रधान वडाको निवर्तमान वडा सदस्य समेत हुन । वडामा रहको विभिन्न संघ संस्था, आमा समुह लगायत संग सहकार्य गरि आफुहरु अघि बढ्ने बताए ।
वडा सदस्य राम्जी पौडेलले वडावासीले आफुहरुलाई विश्वास गरेर जिताएकाले मतदाताको मन जित्ने गरि काम गर्ने र यस्का लागि आवश्यक साथ, सहयोग र सल्लाह दिन आग्रह गरेका थिए ।
निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले संघीयतपछि स्थापन भएको स्थानीय तहमा सुरुमा आफुहरुलाई काम गर्न गाहो भएको बताईन । आफनो पाँच वर्षे कार्यकालमा वडाको विकासका लागि धेरै बाटोहरु कोरेको र त्यसलाई पुरा गर्ने काम निर्वाचित प्रतिनिधिको रहेको भनाई राख्दै वडाको विकासको लागि आफुले सकेको सहयोग गर्ने भनाई राखेकी थिईन ।
निवर्तमान वडा सदस्य रुद्र सुवेदीले पहिला भएका गल्ती र कम्जोरीलाई सुधार गदै अघि बढ्न निर्वाचित प्रतिनिधिहरुलाई आग्रह गरेका थिए । काम बाँडफाँडमा भेदभाब नगरी गर्न सुझाव दिदै सुवेदीले आफुहरुको कार्यकाल सकिएपनि आवश्यक परेको खण्डमा सहयोग गर्नका लागि तयार रहेको बताए ।
समुहकी अध्यक्ष पराजुलीले वडाको आवश्यकता के के हुन त्यसलाई लिपिबद्ध गरि प्राथमिकता हेरी काम गर्न सल्लाह दिईन । वडाको आवश्यकता र हितलाई ध्यान दिएर काम गर्न जनप्रतिनिधिहरुलाई उनले आग्रह समेत गरेकी थिईन ।