Home » अत्याधुनिक प्रविधि जडित चोभार सुख्खा बन्दरगाह संचालन गर्न नीजि क्षेत्रलाई आह्वान

अत्याधुनिक प्रविधि जडित चोभार सुख्खा बन्दरगाह संचालन गर्न नीजि क्षेत्रलाई आह्वान

by newnagarikdiary
0 comment

शिर्षक: अत्याधुनिक प्रविधि जडित चोभार सुख्खा बन्दरगाह संचालन गर्न नीजि क्षेत्रलाई आह्वान

चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि अन्तराष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिले चोभारको सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको छ । समितिले सोमबार सार्वजनिक सूचना जारी गरी बन्दरगाह सञ्चालन र व्यवस्थापन गर्न बोलपत्र आह्वान गरेको हो ।

बोलपत्रमा सहभागि हुन चाहने कम्पनीले भदौ २२ गतेसम्ममा सहभागि भइसक्नुपर्ने गरी ४५ दिनको म्याद राखेको छ । समितिले आउँदो पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन निजी कम्पनीमार्फत गर्न लागेको हो । बोलपत्रको अवधि ४५ दिनको रहेको र बोलपत्र बुझाउने अन्तिम मिति सेम्टेम्बर ८ अर्थात् २०८० भदौको २२ गतेसम्म रहेको छ ।

बोलपत्रमा भाग लिनका लागि आवश्यक योग्यता पनि तोकिएको छ । साथै विगत तीन वर्षको औसत वित्तीय कारोबार कम्तीमा ६० लाख रुपैयाँ बराबरको हुनुपर्ने प्रावधान राखिएको छ । बोलपत्रमा भाग लिन पोर्ट मेनेजमेन्ट÷कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट÷फ्रेट टर्मिनल मेनेजमेन्ट÷ वेयरहाउस÷ ट्रान्सपोर्टेसन÷क्लियरिङ एण्ड फरवार्डिङ÷ फ्रेट फरवार्डिङमा कम्तिमा ५ वर्षको अनुभव सँगालेको हुनुपर्ने व्यवस्था गरिएको छ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरी आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका कम्पनीबाट सरल, सुगम, किफायती एवम् भरपर्दाे सेवा सञ्चालन गर्न/गराउन टर्मिनलको व्यवस्थापन तथा सञ्चालन योग्य कम्पनीलाई स्वीकृति दिने निर्णय भएको बताए ।

चोभार सुक्खा बन्दरगाह सीमा नाकाबाट टाढा रहेको सुक्खा बन्दरगाह भएकाले यहाँबाट हुने ट्राफिक चाप तथा वित्तीय कारोबारको विषयमा यकिन गर्न सकिने अवस्था नभएका कारण समिति आफैँले सञ्चालन गर्दै आएको थियो । अन्य सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरू जस्तै चोभार सुक्खा बन्दरगाह पनि निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गराउन लागिएको हो ।

सुक्खा बन्दरगाह/एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनाेटका लागि समितिको छुट्टै टर्मिनल पट्टा बहालमा दिने सम्बन्धी नियमावली २०७० रहेको र नियमावलीअनुसार सञ्चालक कम्पनीको छनाेट प्रस्तावदाताहरूको प्रस्तावित प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कन विधिबाट गर्ने गरिएको छ । छनाेट हुने कम्पनीको विज्ञता प्रयोग गरी यो सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन भएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायती हुने छ भन्ने विश्वास समितिले लिएको छ ।

Related Articles

Leave a Comment