Home » सिजन अपाङ्ग छन्, आफ्नै समाचार लेख्दै भन्छन्, मेरी राधिका जस्तै प्रेमले हेर्नुहोस

सिजन अपाङ्ग छन्, आफ्नै समाचार लेख्दै भन्छन्, मेरी राधिका जस्तै प्रेमले हेर्नुहोस

by newnagarikdiary
0 comment

नाम: सिजन नाछिरिङ राई
नागरिक डायरी, संवाददाता
शैक्षीक योग्यता: स्नातक,पत्रकारिता
उमेर: ३० वर्ष
बसोबास भक्तपुर
सम्पर्क नम्बर: ९७४२४५५९००/9742455900
अपाङ्गता : ख वर्ग
सुरु कसरी गरौं ! म बाट…

नमस्कार म सिजन नाछिरिङ राई शारिरिक अपाङ्ग छु, हाम्रो समाचार हामी आफै लेख्छौं भन्न पाउँदा आज म निकै हर्षित भएको छु किनकी पारिवारिक देखी सामाजिक हेलासीमै मेरो उमेरले करिब ३० वर्ष टेक्यो तर मेरो जीवन पूर्ण फिकानै छ । मेरा वर्गका साथिहरुका समस्या धेरै छन सास रहुन्जेल यी समस्या तमाम नै रहन्छन तर चराएको घाउमा नुन चुक छर्कियो भने झन बढी हुन्छ मलम लगाए शितल । यस्तै हो करिब क्यान्सर लागेको मानिसलाई बाँच्ने हौसला दिएजस्तै हो रोग त निको हुँदैन तर जीवन नयाँ ढङ्गले जीउने अभियान पक्कै सुरु हुन्छ । यसैको सुरुवात म गर्दैछु सामाजिक सञ्चार प्रालिद्धारा मैले सुटुक्क खबर पाए म पत्रकार-लेखक/भिडियो ईडिटर/काउन्सेलर बन्न सक्छु रे आम्दानी पनि गर्न ज्यादै खुसी लागेको छ । खै समस्या कसरी भन्न सुरु गरौं मैले भन्नै पर्छ, सुनाउनै पर्छ किनकी मेरो मनले ठूलो भारी बोकेको छ मलाई विश्राम मिल्छ। उही अपाङ्गै शब्दबाट सुरु गरे । आज लागेको छ अब जीवनले नयाँ आयाम फेला पारेको छ ।

अपाङ्ग…….

अपाङ्गनै भन्नुस फरक क्षमता भएका/बिशिष्ट क्षमता भएका भनेपनि भन्नुस । बेसाहारा समाजमा जन्मदै समस्याको पोको बोकेर परिवारको बोझ जसरी यो जीवन सुरु भयो न आमाको न्यानो काखको प्रेमील सपर्स होला न पालन पोषण सायद त्यही अवस्था ज्यूकात्यू छ भनेर म यो समस्याको चाङ लेख्न सुरु गर्दा भन्दैछु । अपाङ्गतालाई गरिने व्यबहार उनीहरुका आमा बुवा तथा परिवारका अन्य सदस्यबाट परिवर्तन नभए सम्म समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनै सक्दैन सुरु यहीबाट गरिदिनोस मेरो आमा, बाबा, दाई, दिदि, साथी, सङ्गी जो मलाई पढदै हुनुहुन्छ । फरक क्षमता भएका व्यक्तिहरुका समस्यालाई नियालेर हेर्दा हाम्रा अनगिन्ती समस्या छन् । मुख्यत हामीसंगै बस्ने परिवार जाेसंग हामी हुर्के बढी आयौ उनीहरूबाटै अपहेलित हुनुपर्दाका पिडाहरु कसरी सुनाउ कुन शब्दमा र कुन भावमा यो सभ्य समाजले बुझ्ला ! आफ्नै सन्तान भए पनि फरक क्षमता र सामान्य छाेराछाेरी बिच भिन्नता हुनेगर्छ । कुनै सामान ल्याउनु परेमा ए उसलाई किन चाहियाे छदैछ नि यो छाेरालाई दिऊ उसले भाेलि हेर्ने गर्ने भनेकै ऊ नै हो फकाउनु पर्छ । भाेलि तलाई पनि हेर्छ नि भन्ने मुटुमा काँडा बिझाउने जन्म शब्दले कहिले त लाग्छ कुन जिवन बाचिरहेको छु । भक्कानिन्छ् मुटु मेरो पनि हृदय छ दुख्छ नि मलाई पनि तर रुने सम्म ठाउँमा जान सक्दिन , आफ्नै जीवन र अपहेलित अवस्था सम्झिदा त भक्कानिएर चिच्याउन मन लाग्छ तर चिच्याउन शरिरको तागतै पुग्दैन शरिर बेसमारी दुख्छ । हाँस्ने त जीवनै पाईन केवल उर्जाविहिन,उदास,उराठ निरासै निरासाले भरिएको उदास र कालो बादल मात्रै देख्छु मलाई समाजका कुनै रमाईला मेला जात्रा उत्सव चाडपर्व केहीले छुँदैन किनकी मेरो मुटुमै जन्मिदै गडेको काँडा समाजले चलाईदिन्छ र यसरी दुख्छ अब मेरो जीवनमा बसन्तनै आउँदैन ।

मलाई बाँच्न र हास्न सिकाउनुहोस

सबल छोराछोरीमा भोलिको भविष्य आजैदेखि देख्ने आमाबाबाले अपाङ्ग सन्तानको भविष्यनै देख्दैनन् । कमजसोले बुझलान तर अधिकाँशले बुझ्ने काेसिस समेत गर्दैनन् । कि ! सबै संन्तान एकै हुन् भनेर दुई संन्तान बिच फरक नजर अनि साेच माया ममता साथ सहयोगमा किन छुट्टयाइएको सबै मानिस सबै गुणले सम्पन्न हुँदैनन् । के अपाङ्ग भएर म जन्मनुमा मेरो दोष हो ? मलाई मेरो जीवन जिउने अधिकार कसरी सुनिश्चित होला कसरी म मेरो जीवनलाई सुरक्षित बनाउन सकूला ? मैले पढे तर मलाई मिल्ने काम पो कहाँ पाईएला ! कसले भन्ला बाबु तिमि काम गर भनेर ? जन्म पाए जीवन जसरी जिउन पाएको छु, जसोतसो शिक्षा पाए न त दक्ष बन्न सकेको छु । हिडडुल गर्न समेत दोश्रो व्यक्ती नभै सक्दिन ? जन्मै खै कस्तो जन्म हो अपाङ्ग भएर जन्मनु । मनमा हुटहुटी चल्छ अरु जस्तै गर्ने तर मलाई मेरै शरिरले साथ दिंदैन । यी मेरा प्रश्न हुन् तमाम शारिरिक, बौद्धिक, दृष्टिविहिन विभिन्न कारणले अपाङ्गताका समस्या हुन् । मलाई यी तमाम प्रश्नहरुले करिब बाह्रै मास पिरोलिरहन्छ । भन्छन जीवनमा केही कुरा दिगो हुँदैन दुख पनि क्षणिक हुन्छ तर खै सास रहुन्जेल सबै प्रकारका अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता, सास रहुन्जेल आलै रहने अपाङ्गताको यो समस्यालाई दुखलाई कस्तो खालको दुख भन्ने ? मलाई मेरा अभिभावकहरुले बाटो बताईदिनुहोस म तपाईहरुबिना बाँच्न र हाँस्न सक्दिन !

तैपनि हामी खुशी नै छाै।

अरुलेजसरी भनेको कुरा उतिबेलै बुझन सक्दैनौ, समय लाग्छ, सामाजिक मान मर्यादा कतिपय हाम्रा आफ्नै बाध्यताले कायम राख्न सक्दैनौ तर कोशीसमा हुन्छौं । कतिलाई गालि कतिलाई तालि दिन्छौं होला हो हामीलाई सानो सहयोग गरिदिनुभो भने हाम्रो मनले भन्छ यो बेसाहारालाई बुझने कोही त आयो मुसुक्क मुस्कुराउछौं ….. पनि त्यसैले आमा बुबाले पनि आफ्नो छोराछाेरी प्रति सम्मान रुपले हेर्नुपर्छ । उनीहरूमा भएका कमी कमजोरीलाई समस्याको रुपमा नभइ समाधानको बाटोमा लग्नु पर्दछ । यो हाेइन कि हामीलाई सधैं साथमा माया मात्रै देऊ । सबैलाई सम्मान रुपले हेर हामी कमजोर छौं केवल हाम्रो कमजोरीमा हाम्रा अभिभावक, समाज (लाठी) बनेर (साहस) बनेर आईदेउ । आफैलाई कमजोरी महशुस हुन नदेउ । त यस्तो छस्, तैंले काम गरेर हामीलाई केही दिन सक्दैनस्, तेरो आशै छैन भन्ने शब्द सुन्दा लाग्छ के म साच्चै केही काम गर्न सक्दिन र ! फेरि आफै सोच्छु यस्तो हाेइन म पनि यो संसारमा यति कै आएको होइन मेरो पनि केही न केही जिम्मेवारी होला यो धर्तीमा त्यसै कारणले आजसम्म विभिन्न समस्यासंग लड्दै छु भन्ने सकारात्मक विचारका साथ अघि बढने प्रयास गर्दैछु । म पनि मान्छे हु , समय परिस्थितिले गर्दा कतै गल्ती गरिन्छ तर गल्ती नहुदा पनि अपमान हुदा भने यो जुनिमा त यस्तो जीवन दियाैं ईश्वर अर्को जुनीमा मानव जीवन नदेऊ भन्ने सोच आउँछ। हुन सक्छ यस्तो विचार सबै म जस्ता फरक व्यतिमा आउदैन हाेला । त्यसैले यस्ता शब्दको प्रयोग गरि मानसिक पिडा भन्दा पनि अवसर दिएमा हामी पनि अन्य व्यक्ती जस्तै काम गर्न सक्छौ । आफ्नो परिवारका लागि केही गर्न सक्छौ । जसका लागि हामीलाई सर्बप्रथम परिवारको साथ चाहिन्छ । परिवारकाे राम्राे साथ पाए समाजमा फरक व्यक्तीप्रति हेर्ने नजरमा परिवर्तन आफै आउँछ ।

प्रिय राधिका

यसै क्रमममा एक बुटवाल निवासी नाम परिवर्तन राधिका हाल परिवारकाे आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारमा आवद्ध रहेको उनी आफ्नो श्रीमान फरक क्षमता भएको र उनी भन्छिन’ उहाँसंग बैवाहिक जीवनमा बधिएकाे ७ वर्ष भयाे। अनि यस्तो मान्छेसंग विबाह गर्दा साथीसंगि आफ्न्तले तपाईंलाई केही भन्नु भएन भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ ,भन्नु भएको थियो किन यस्तो केटासँग बिहे गर्छस् नगर भने श्रीमान कै परिवारले पनि धेरै बस्दैन याे केटि भन्थे तर आजसम्म बसेकै छु परिवारसँगै छु । मैले विवाह गरेको ७ वर्ष भयो तर आजसम्म मैले मेरो श्रीमानलाई परिवारले राम्रो शब्दले र अरुलाई जसरी माया साथ सहयोग गर्नुहुन्न । श्रीमानलाई नबुझेकाे देख्दा दुःख लाग्छ । म अर्काकाे छाेरी हुँ तै पनि मैले श्रीमानको समस्या थाहा भएर पनि उहाकाे पनि मनमा इच्छा आकांछा हुन्छ भन्ने साेचेर नै मैले साथ दिए । उहाँलाई आमा बुवाले नै नबुझि दिदा आज दु:ख लाग्छ भन्दै आँखाबाट उहाँको आँसुकाे धारा बग्न थाल्याे अनि म निशव्द भए । नि शब्द भए पछि ..हाम्रो समाजमा फरक क्षमता भएकाहरुको स्थितिमा खासै परिवर्तन हुन सकेको छैन । शारीरिक रुपमा अपाङ्गता होला तर मानिसक रुपमा निकै सबल र सक्षम ब्यक्तिहरु छन अनगिन्ती समस्याहरु छन् जस् मध्ये याेग्यता भए पनि आफूले खाेजे जस्तो कामकाे अभाव आर्थिक समस्या उनीहरुले अन्यले भन्दा बढि झेल्दै आएको पाइन्छ । जसमा मुख्य कारण भने जस्तो काम नपाइने, पाए पनि कार्यलय सम्म जान लागि यातायातकाे समस्या हुने,काम गरे पछि समयमा पैसा नदिने ,सार्वजनिक यातायातमा यात्रामा समस्या हुने आदि हुन् ।

हाम्रो समाचार हामी आफै लेख्छौं भन्ने अभियान अन्तर्गत नेपालको एकमात्र पहिलो अपाङ्ग मैत्री संचार संस्था जसले अपाङ्गतलाई मात्रै प्राथमिकतामा राखेर सर्वपरी ठानेर अभियान सुरु गरेको छ यो समाचार संस्थामा म आबद्ध भएको छु म कलम चलाउँछु अब खरो रुपमा मलाई आट हौसला अभिभावकत्वको आवश्यक छ । मलाई बाँच्न देउ समाज म केवल प्रतिनिधि पात्र हुँ मेरै वर्गका सबै तहतप्काका समस्या म वकालत गर्न सकूँ ।

नोट: सामाजिक संचार प्रालिद्धारा सञ्चालित नेपालको पहिलो र एकमात्र अपाङ्ग मैत्री मिडिया हो । जसमा यो आर्टीकलका लेखक जस्तै सबै कर्मचारी अपाङ्गता भएका नै छन् थपिने छन् । व्यक्तिगत वा संस्थागत सहयोग गर्न चाहानेले अफिसियल रुपमा सम्पर्क गर्नुहोला : 9869614020

Related Articles

Leave a Comment