Home » वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईलेक्ट्रिक अधिकृत उपर ३३ लाख भ्रष्ट्राचारको मुद्दा

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईलेक्ट्रिक अधिकृत उपर ३३ लाख भ्रष्ट्राचारको मुद्दा

by newnagarikdiary
0 comment

शिर्षक: वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईलेक्ट्रिक अधिकृत उपर ३३ लाख भ्रष्ट्राचारको मुद्दा

धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईलेक्ट्रिक अधिकृत उपर अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।
वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज
नारायण साहले प्रतिष्ठानको हातामा संचालनमा रहेका बिभिन्न व्यवसायीहरुबाट विद्युत महशुलवापतको
रकम रु.३३,२०,२२६।–(तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ) उठाई विद्युत महशुल सम्बन्धि
सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेको भन्दै साह उपर भ्रष्ट्राचार मुद्दा दायर भएको हो ।

साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज तेज नारायण साहउपर बिगो रु.३३,२०,२२६।–(तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (छ) बमोजिम कैद सजाय र जरिवाना हुन तथा हानिनोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन मागदावी गर्दै आयोगले काठमाडौंमा जिल्ला अदालतमा आरोप-पत्र दायर गरेको हो ।

Related Articles

Leave a Comment