Home » राष्ट्रपतिको प्रमाणीकरणसंगै मिटरब्याज विधेयकले पायो कानुनी मान्यता

राष्ट्रपतिको प्रमाणीकरणसंगै मिटरब्याज विधेयकले पायो कानुनी मान्यता

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपतिको प्रमाणीकरणसंगै मिटरब्याज विधेयकले पायो कानुनी मान्यता

राष्ट्रपति रामचन्द्र पौडेलले (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।

संसदको दुवै सदनबाट पास भएको विधेयक शुक्रबार पौडेलले प्रमाणीकरणका गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

Related Articles

Leave a Comment