Home » पश्चिमी वायुकाे प्रभाव कायमै देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुकाे प्रभाव कायमै देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

by newnagarikdiary
0 comment

शिर्षक: देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

माैसम् पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ|

गएराति देशकाे पडाडी भुभागमा हल्का देखि मध्यम वर्षा भएकाे थियाे |अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका केही र तराईका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

Related Articles

Leave a Comment