Home » दाङ ३ मा कोमल वली एमालेको उमेदवार

दाङ ३ मा कोमल वली एमालेको उमेदवार

by newnagarikdiary
0 comment

गायिका कोमल वलीलाई नेकपा एमालेले यसपटक निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ। एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने भएको छ।

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन्। तर त्यतिबेला उनलाई  टिकट दिइएन्। टिकट नदिएपनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो।

यसैगरी एमालले दाङको निर्वाचन क्षेत्र नम्बर १ मा शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ मा शंकर पोखरेललाई उठाउने भएको छ। यी तीन उम्मेदवारले दाङबाट टिकट पाएको एक एमाले नेताले बताएका छन्।

Related Articles

Leave a Comment