Home » दक्षिण कोरियामा संयुक्त विजया दशमी महोत्सवकाे आयोजना, पञ्चे बाजा सहित बजार परिक्रमा गरिने

दक्षिण कोरियामा संयुक्त विजया दशमी महोत्सवकाे आयोजना, पञ्चे बाजा सहित बजार परिक्रमा गरिने

by newnagarikdiary
0 comment

दीपेन्द्र प्रकाश वली

बडा दशैंकाे पावन अवसरमा दक्षिण कोरियामा संयुक्त विजया दशमी महोत्सव- २०७९ हुने भएको छ।
गतवर्ष जस्तै यो वर्ष पनि कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाको संयुक्त आयोजनामा दशैँ बिशेष कार्यक्रम हुनलागेको हो । आगामि अक्टोबर ९ तारिक पूर्णिमाको दिन  कोरियाको आन्सान स्थित आनसान परामर्श सहायता केन्द्रको पार्कमा दशैँ महोत्सव हुने आयोज़कले जानकारि दिएको छ।
सनातन,साहित्य,सङ्गीत साधना समूह, पाँच स मुख्य आयोजक रहेको महोत्सवमा विभिन्न कार्यक्रम राखिएको छ।

जसअन्तर्गत ९ गते बिहान १० देखी ११ बजेको समयमा आन्सान स्थित साँस्कृतिक घर  साझामन्दिर तथा पुस्तकालयमा देवीको पूजा गरिने छ, सोही दिन ११ देखी १२ बजेको समयमा पञ्चे बाजा सहित बजार परिक्रमा गरिने बताइएको छ। त्यसैगरी १२ देखि १ बजेकाे समयमा दशैँको  शुभकामना आदानप्रदान कार्यक्रम गरीने छ भने १ देखि ४ बजेको समयमा दशैंको टीका जमरा ग्रहण सङ्गै सामुहिक भोज तथा सांस्कृतिक प्रस्तुति रहने पाँच स का अध्यक्ष कमल भण्डारीले जानकारी दिए।

पूर्वीय संस्कार संस्कृति र चाडपर्वलाई पहिचान गराउने उद्देश्यका साथ हुन लागेको दशैँ महोत्सवकाे अन्य आयोजकमा आन्सान नेपाली समाज, झापाली समाज,मधेशी समाज,राप्ति समाज,सहृदयता अन्तरराष्टृय,प्रवासी नेपाली एकता समाज दक्षिण कोरिया रहेका छन्।

त्यसैगरि एनआरएनए ख्यंङ्गिदो इन्छन क्षेत्रीय कमिटी,सुर्खेत समाज,नेपाल गोरखा परिवार,सिन्धुपाल्चोक समाज,सल्यानी समाज,दैलेख समाज दक्षिण कोरिया लगाएतका रहेका छन्। त्यस्तै मिडिया सहजकर्ताको रूपमा नेपाल पत्रकार महासंघ कोरिया शाखा रहेकाे छ।
कार्यक्रममा उपस्थित भएर टिका जमरा ग्रहण सङ्गै शोभा बढाइदिन आयोजकले दक्षिण कोरिया स्थीत सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ।

Related Articles

Leave a Comment