राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र नुवाकोट जिल्ला शाखाद्वारा राहत वितरण, जनता अचम्म परे

0
179

असार १४, नुवाकोट, राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोट शाखाले अपाङ्गता भएका १५ जना नागरिकहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । कोरोना महामारीको समयमा अपाङ्ग संघको पहलमा अध्यक्ष भरत प्रसाद दाहाल आफै दृष्टिविहीन छन् उनको सक्रियतामा राहत वितरण कार्यक्रम हुँदा स्थानीय जनता अचम्मित भएकाछन । सरकारले गर्न नसकेको काम अपाङ्गता भएका व्यक्तिहरूको पहलमा राहत बितरण हुँदा समाजमा अपाङ्गलाई कमजोर देख्नु हुदैन भन्ने महशुस भएको स्थानियहरु बताउँछन्।
बेलकोटगढी नगरपालीका वडा नं ८ मा रहेका १५ जना अपाङ्गता भएका नागरिकहरुलाई चामल , दाल, नुन, तेल लगाएतका खाद्यान्न सामाग्री बितरण गरिएको राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोट शाखाका अध्यक्ष भरत प्रसाद दाहालले जानकारी दिनु भयो ।
कोरोना माहामारीको यो बिषम अबस्थामा अपाङ्गता भएका नागरिकहरुको सहजताको लागी खाद्यान्न सामाग्री बितरण गरिएको अध्यक्ष दाहालले बताउनु भयो ।
खाद्यन्न बितरण कार्यक्रममा समाज सेवी नारायण प्रसाद नेपाल, रामकृष्ण भट्ट, राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोटका सदिक्षा लामीछाने लगाएतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्रको पहलमा देशैभर राहत वितरण कार्यक्रम जारी राखेको कारण सहयोग र सहकार्यकोलागि समेत आग्रह गरेको केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस्