जब सिन्धुपाल्चोक मेलम्चीमा बाढीपीडितलाई राहत लिएर गए बैशाखी टेक्दै (भिडियो)

0
475

असार -९, मेलम्ची, बैशाखी टेकेर राहत सङ्कलन भइरहेको क्षेत्र श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयको गेटमा उनी पुगे प्रहरी जवान भित्र गए र प्रतिनिधि बोलाए, एकै छिनमा प्रधानाध्यापक आएर भने तपाईंलाई केके चाहिएको हो लेखेर दिनु । बैशाखी टेकेर उभिएका ब्यक्तिले भन्न थाले, ” हामी काठमाडौँबाट राहत सामाग्री लिएर आएका छौ कहाँ बुझाउने होला ? अपाङ्ग र जेष्ठ नागरिकलाई वितरण गर्न चाहन्छौं, उनले आफ्नो परिचय दिदै भने म निलकण्ठ पौडेल राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्रको केन्द्रीय अध्यक्ष, ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाज काठमाडौँ का अध्यक्ष आसिस नेपाल, उपाध्यक्ष राजु ओझा, समाज सेवी सुवात  शर्मा, नर्स सोविता काप्री ढकाल र निलकण्ठ पौडेलकी श्रीमती पवित्रा काप्री पौडेल सँगै आएको जानकारी दिए !

आश्चर्य मान्दै प्रध्यापक श्रेष्ठले भित्र लगेर राहत सामाग्री दर्ता गराए । मेरो जीवनकालमा पहिलो पटक अपाङ्ग भएका ब्यक्तिले राहत लिएर आएको देखेर अचम्म लाग्यो अपाङ्गलाई कमजोर देख्नु हुन्न । यहाँ राहत मात्र आएको छैन समाज परिवर्तनको लागि गहिरो  सन्देश बोकेर ल्याउनु भएछ भन्दै सबै दाताहरूलाई धन्यवाद  दिए ।

समाजमा दुख महामारी आउँदा हाम्रो पनि मन रुन्छ, के गर्न सकिन्छ भनेर छटपटी हुन्छ र यसो सानो कोशेली लिएर आएका छौ निलकण्ठ पौडेल अगाडि देखाउदै भने दिएर कति नै पुग्छ र सिन्धुपाल्चोकबासीको दुखसुखमा हामी सँगै छौ भन्ने भावना बोकेर आएको  आगामी दिनहरुमा हामीहरु आइरहने छौ उनले भने । केही बर्ष अघि चितवनको माडीमा पनि राहत बितरण गरेका थियौ । हामीलाई समाजका ब्यक्तित्वहरुले साथ दिए जेपनि जहाँ पनि केही गर्न सक्छौ ।

तपाईंले के के ल्याउनु भएको छ भन्ने पत्रकारको प्रश्नमा आफ्नो नाम पनि जोड्दै सहयोगी मन र सामग्रीको विवरण दिए

निलकण्ठ पौडेलबाट बीस हजार  बराबरको विविध औषधी,   नर्स सोविता काप्री ढकाल रू. १००००/-समाजसेवी सुवात शर्मा  एक बण्डल म्याट्रेस , कम्मल लत्ताकपडा जनआन्दोलन घाइते पीडित समाज काठमाडौँ – गाडी जानआउन, पुरूषोत्तम साप्कोटा रू. ६०००/- थाइल्यान्डबाट समाजसेवी  जिवन खड्का रू.३८००/- यसैगरी समाजसेवी किशोर थापा रू. ३१००/- र समाजसेवी शंकर खरालबाट रू. ४००/-May be an image of 6 people, including Pabitra Kapri Paudel and Sabita KapriDhakal, people standing and roadMay be an image of 1 person and indoorMay be an image of Nilkantha Paudel and standingMay be an image of 3 people, including Subat Sharma and people standingMay be an image of 3 people, including Subat Sharma and Tara Gaudel, people sitting and people standingNo photo description available.May be an image of one or more people, people standing and outdoorsMay be an image of 6 people, including Pabitra Kapri Paudel, Subat Sharma, Sabita KapriDhakal and Asis Nepal, people standing and roadNo photo description available.No photo description available.May be an image of Asis NepalMay be an image of 2 people, including Asis NepalMay be an image of Asis Nepal and standingMay be an image of 2 people, including Nilkantha Paudel, people sitting and people standingMay be an image of 7 people, including Asis Nepal, people standing and outdoors

May be an image of 3 people, including Subat Sharma and Sabita KapriDhakal and people standing

भिडियो हेर्नुहोस :

साभार : रासस

 

प्रतिक्रिया दिनुहोस्