निलकण्ठ पौडेल भन्छन् , निशुल्क रिचार्ज कार्ड सहयोग, धन भएर होइन, मन भएर हो

0
95

जेठ १५ , काठमाडौं, फेसबुकमा एउटा स्टाटस देखियो रिचार्ज कार्डको समस्या भए भन्नुहोला निशुल्क सहयोग गर्नेछु ।
 धन भएर होइन, मन भएर हो”  यो फेसबुकमा पोष्ट गरेका थिए  निलकण्ठ पौडेल, उनी राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता रूपमा परिचित छन् । उनी शारीरिक रूपमा अपाङ्ग छन ।

उनको फेसबुकमा धेरैले फोन सम्पर्क गर्न कठिन भएकोले मलाई रिचार्ज गरिदिनु भन्दै एक सय देखि पाँच हजारसम्म माग गरेको उनको फेसबुकमा कमेन्ट देख्न सकिन्छ । उनले कोरोना भाइरसबाट आक्रान्त पीडित अपाङ्गता भएका र अन्य सबैलाई २५ रूपैयाँ देखि १०० सम्म रिचार्ज दिएको उनले बताए । अपठ्यारोमा परेका र नपरेका सबैलाई इसेवाबाट रिचार्ज गरिदिएको उनी बताउँछन

जब रू ४५०० रिचार्ज गरे त्यसपछि उनले लकडाउनको समयमा समस्या परेका अपाङ्गता भएका व्यक्तिहरुको लागि मात्र भनेर , नागरिक डायरीले सोध्यो तपाई आफै अपाङ्ग हुनुहुन्छ, यो लकडाउनमा समस्या तपाईंलाई पनि पर्छ तर पनि रिचार्ज सहयोग गरिरहनु भएको छ किन?

उनी भन्छन्, ” मैले रिचार्ज सहयोग गरेर कति नै पुग्छ र, तर दुरदराजका अपाङ्गता भएका व्यक्तिहरुको लागि रिचार्ज किन्न समस्या परेको हुनसक्छ । हामी अपाङ्गहरूलाई सबैभन्दा ठूलो सञ्चार हो । भनेर नै रिचार्ज सहयोग शुरू गरे समस्या परेका अरू साङ ब्यक्तिहरूलाई पनि रिचार्ज सहयोग गरिदिए । माग धेरै र बजेट कम भएपछि रिचार्ज सहयोग रोके उनी भन्छन ।

त्यसपछि नागरिक डायरी डटकमले उनको बारे खोज अनुसन्धान गर्दा उनले बाढीपीडितहरूलाई दुई बर्ष अगाडी चितवनको माडीमा एक लाख पचास हजार राहत वितरण गरेको, अपाङ्गता भएका व्यक्तिहरुको लागि र अन्य धेरै जनताको लागि सहयोग अभियान र कार्यक्रम गरेको उनको फेसबुक , वेबसाईट, युट्युबमा देख्न पाइन्छ ।

बास्तबमा उनको अपाङ्ग शरिर  सहयोगी मनले सबैलाई प्रेरणा दिएको देखिन्छ

नागरिक डायरी डटकमको लागि सुरेन्द्र गौतम , पोखरा

प्रतिक्रिया दिनुहोस्