“गणतन्त्र ल्यायौ, हामीले के पायौँ” जनआन्दोलन घाइते पीडितको गुनासो

0
44

जेठ १५, काठमाडौं,  आज जेठ १५ गते मुलुकभर गणतन्त्र दिवस मनाइरहेका छन्।  कोरोना महामारीको समय परेकोले औपचारिक कार्यक्रम नभएपनि सरकार,  स्थानीय निकाय र नेताहरू निकै खर्च गरेर गणतन्त्र दिवस मनाइरहेका छन्।

गणतन्त्र ल्याउन जनआन्दोलन ६२/६३ मा ज्यान गुमाएका परिवार घाइते पीडितको अवस्था अत्यन्तै दयनीय भएको जनआन्दोलन घाइते पीडित समाज काठमाडौँका केन्द्रीय कोषाध्यक्ष नन्द प्रसाद रुपाखेतीले जानकारी दिनुभयो।  नन्द प्रसाद रुपाखेती ६२/६३ को जनआन्दोलनमा गोङ्गबु क्षेत्रमा घाइते हुनुभएको थियो। उहाँको टाउकोमा गहिरो चोटको असर अहिले पनि उस्तै रहेको र सरकारले जनआन्दोलन घाइते परिचय पत्र बाहेक अरू कुनै सुविधा नदिएको बताउनुभयो।

यसैगरी जनआन्दोलन घाइते पीडित समाज काठमाडौँ केन्द्रीय अध्यक्ष आसिस नेपालले जनआन्दोलन घाइते पीडित समाजले आगामी दिनमा सरकारसँग मिलेर कार्यक्रम ल्याउने र गणतन्त्र बिरोधीहरुको बिरूद्धमा आवश्यक परे फेरि लड्न तयार भएको जानकारी दिनुभयो।

जनआन्दोलन घाइते पीडित समाज काठमाडौँले कोरोना पीडित परिवारलाई राहत बितरण गरिरहेको छ । आफूलाई दुख हुदाहुदै पनि अरूको पिडामा मल्हम लगाउने काम घाइते पीडितले गरिरहेकोले समाजमा देशको ब्यवस्था परिवर्तन गर्न मात्र नभई दुख परेकालाई सहयोग गर्ने कार्यक्रम भइरहने उनीहरूले जानकारी दिए ।

नागरिक डायरी रिपोर्ट

प्रतिक्रिया दिनुहोस्