जेठ-७, काठमाडौं , कोरोनाको कारण मुलुकमा लकडाउन र निषेधाज्ञाको कारण दैनिक गुजारा गर्ने नागरिकहरुको अवस्था अत्यन्तै जटिल बन्दै गइरहेको छ। घरमा दाल चमल लगायत खाद्यान्न सकिँदा बालबालिका र जेष्ठ नागरिकलाई बाँच्न गाह्रो भइरहेको छ ।
यस्तो परिस्थितिमा गणतन्त्र र परिबर्तनका लागि गोङ्गबु क्षेत्रमा आन्दोलनमा होमिएका जनआन्दोलनका योद्धाहरू आशिस नेपाल, राजु ओझा, योगेन्द्र खतिवडा, नन्द प्रसाद रुपाखेती र सामाजिक अभियान निलकण्ठ पौडेलहरू राहत बितरणमा खटिएका छन ।
जनआन्दोलन घाइते पीडित समाजका केन्द्रीय अध्यक्ष आशिस नेपालले राहत वितरण कार्यक्रम जारी छ । हामी तयारी गरिरहेका छौ , नागरिक डायरी खबरलाई जानकारी दिनुभयो। राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र का केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलले अक्सिजन सिलिण्डर, खाद्यान्न र रिचार्ज कार्ड निशुल्क उपलब्ध गराउने काम भइरहेको जानकारी दिदै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कोरोना बिरूद्ध एक भइ लाग्न आग्रह गरेका छन्।
नागरिक डायरी रिपोर्ट