अपाङ्गता भएका व्यक्तिहरु शान्ति क्षेत्र हुन, बिश्व भर भइरहेको कार्यक्रम गोरखामा

0
74

फाल्गुण-१७, गोरखा,  अपाङ्गता भएका व्यक्तिहरु शान्ति क्षेत्र भएको र उनीहरुलाई राज्यले हरेक क्षेत्रमा अवसर र स्थान दिइनुपर्ने माग बक्ताहरुले गरेका छन । ग्लोबल पिस अन आर्ट एण्ड कल्चर तथा सम्मान कार्यक्रम गोरखामा आयोजित कार्यक्रममा उक्त कुरा ब्यक्त गरेका छन्।  राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास नेपाल र नेत्रहिन संघ गोरखाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय सभापति अशोक कुमार गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको लागि यस किसिमको कार्यक्रम पहिलो भएको बताउदै आवश्यक सहयोग र कार्यक्रम ल्याउने जानकारी दिए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास नेपालका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको लागि शान्ति दिलाउन अवसर श्रृजना गरी साचो अर्थमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएकोले सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए । नेत्रहिन संघ गोरखा अध्यक्ष पवन कुमार बस्नेतले गोरखा जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको लागि ठोस कार्यक्रम आवश्यक भएको भन्दै ध्यानाकर्षण गराए।  सो कार्यक्रममा  गोरखा नगरपालिका प्रतिनिधि,  राजनीतिक दलका नेताहरुले समेत बोलेका थिए।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सौजन्यः नबिल बैङ्क लिमिटेड,  गोरखा नगरपालिका र प्रभु बैङ्कले सहयोग गरेको अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्