ग्रीनलाइफ हाइड्रोको आइपिओ भोलि बाँडफाँड हुने, कति जना भाग्यमानी ???

0
140

काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणबाट माग गरिएको कुल ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओको परेको आवेदनहरुबाट लक्की ड्र मार्फत शुक्रबार बाँडफाँड गर्ने भएको हो ।

कम्पनीले माग गरेको कुल ३२ लाख ५१ हजार ५ सय ५२ कित्तामा माग गरेभन्दा ७.३० प्रतिशतले बढी आवेदन परेको छ । अर्थात् कुल २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि १३ लाख २६ हजार ७७ जनाले आवेदन दिएका छन् ।माग गरेभन्दा अत्यधिक बढि आवेदन परेकाले लक्की ‘ड्र’ मार्फत आईपीओ बाँडफाँड गरिने कम्पनीको आईपो निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ ।

आईपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड गरिदैँछ । माग र आवेदनका आधारमा गोला प्रथाबाट हुने बाँडफाँडमा ३ लाख २५ हजार १६५ जनाले १० कित्ता दरले सेयर पाउने छन् भने १० लाख ९११ जना आवेदकको हात खाली हुने देखिएको छ ।  तर २ जना भाग्यमानी लगानीकर्ताले भने ११/११ कित्ता पाउने भएका छन् ।

कम्पनीले गत माघ २३ गतेदेखि कूल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर सर्वसाधारणसँग माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्