‘संघीयता खारेजको लागि आँट गर्न प्रधानमन्त्रीलाई सुझाव’

0
78
काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा केपी शर्मा ओली पक्षधर सांसद निरूदेवी पालले संघीयता खारेज गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्,‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिष्कमा सधैं बस्नु हुनेछ। मेरो व्यक्तिगत विचार ।’

प्रतिक्रिया दिनुहोस्