ग्रीनसिटी अस्पताल अपाङ्ग र असाहयको लागि वरदान, निशुल्क सेवाले अपाङ्गहरू उत्साहित

0
24

मंसिर-६, काठमाडौं,  काठमाडौं चक्रपथ नयाँ बसपार्क हुदै अगाडि बढ्दा बसुन्धरामा एउटा अस्पताल आउँछ ग्रीनसिटी अस्पताल।  उक्त अस्पतालले ब्यवसायी भन्दा पनि सामाजिक उत्तरदायित्व सहितको सेवा पुर्याइरहेको देख्दा अचम्म लाग्छ । गेटबाट छिरेपछि त्यहाँ फोटोहरु देख्न सकिन्छ,  अपाङ्गता भएका व्यक्तिहरुको लागि निशुल्क जनरल सेवा । नागरिक डायरी डटकमको प्रश्नमा अस्पताल अध्यक्ष लोक बहादुर टन्डनले अपाङ्गता भएका व्यक्तिहरुको लागि र पैसा नभएका विरामीलाई निशुल्क सेवा दिइरहेको बताउनुभयो।

यस बिषयमा नागरिक डायरीले छड्के अनुसन्धान गर्दा एक जना अपाङ्ग नेत्र तामाङले भन्छन, बाहिर हल्ला गरे जस्तो महङ्गो रहेनछ, मैले छुटमा उपचार पाएँ  । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपाल अध्यक्ष निलकण्ठ पौडेलले विश्व ब्यापार नै सामाजिक उत्तरदायित्व अनुसार चल्ने हुँदा ग्रीनसिटी अस्पतालले गरेको कामले अरू अस्पताललाई पनि प्रेरणा भएको छ।  उनी भन्छन् अपाङ्गता भएका व्यक्तिहरुको लागि सेवा दिने अस्पताललाई सरकारले अनुदान दिनुपर्छ

प्रतिक्रिया दिनुहोस्